नारायणी किनारमा चियाको प्रदर्शनी गरिने « Khabarhub

नारायणी किनारमा चियाको प्रदर्शनी गरिने


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो ।

स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन तथा सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिए ।

यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी चितवनमा पहिलोपटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

नेपालको चिया उत्पादन तथा बजारीकरण गर्न यसबाट मद्दत पुग्ने विश्वास गरिएको छ । प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घ सहआयोजक रहेको सो प्रदर्शनीको प्रवर्द्धक भरतपुर महानगरपालिका रहेको छ ।  

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : ३२ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति