प्रत्यक्ष प्रसारणमै भारतीय कप्तान रोहित शर्माले मुख छाडेर गाली गरेको अडियो सुनिएपछि… « Khabarhub

प्रत्यक्ष प्रसारणमै भारतीय कप्तान रोहित शर्माले मुख छाडेर गाली गरेको अडियो सुनिएपछि…


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले खेलका क्रममा मुख छाडेर अश्लील गाली गरेको भिडियो सार्वजनिक भएको छ ।

इङ्गल्याण्डविरुद्ध जारी टेस्ट क्रिकेटका क्रममा कप्तान शर्माले आफ्ना टिमका खेलाडीलाई लक्षित गरी गाली गरेको अडियो खेलको प्रत्यक्ष प्रसारणका क्रममा सुनिएको हो ।

विकेटमा राखिएको स्टम्प माइकबाट सुनिएको अडियोमा उनले खेलाडीलाई आमा र बहिनीको गाली गर्दै अश्लील शब्दमा ‘गार्डेनमा नघुम्न’ निर्देशन दिएका छन् ।

हाल भारतको भिशाखापट्नममा रहेको डा. वाई एस राजशेखरा रेड्डी रंगशालामा भारत र इङ्गल्याण्डबीच टेस्ट चलिरहेको छ ।

दोस्रो दिनको खेल सकिँदासम्म भारतले इङ्गल्याण्डविरुद्ध १ सय ७१ रनको लिड लिएको छ । भारतले पहिलो इनिङमा ३ सय ९६ रन बनाएको थियो भने इङ्गल्याण्ड २ सय ५३ रनमा समेटिएको थियो ।

दोस्रो दिनको खेल सकिँदासम्म दोस्रो इनिङमा भारतले बिना कुनै विकेट गुमाइ २८ रन बनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : ४० बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले