भूतपूर्व ब्रिटिस गोर्खाबारे हुने वार्तालाई निष्कर्षमा पुर्‍याउन संसदीय समितिको निर्देशन « Khabarhub

भूतपूर्व ब्रिटिस गोर्खाबारे हुने वार्तालाई निष्कर्षमा पुर्‍याउन संसदीय समितिको निर्देशन


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको मागका विषयमा हुने वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले लामो समयदेखि उठाएका न्याय र समानताका मागहरु सम्बोधनका लागि बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका द्विपक्षीय र प्राविधिक समितिमार्फत् हुने वार्ताहरुलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउनका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले यसबारे दिइएका अघिल्ला निर्देशनहरु यथाशीघ्र कार्यान्वयन गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका समितिमार्फत् ब्रिटिस गोर्खा सैनिकको मागमा गम्भीर छलफल भएको जानकारी दिए । न्यायोचित माग सम्बोधनका लागि नेपालले निरन्तर दबाब दिइरहेको भन्दै उनले समान पेन्सनका विषयमा निष्कर्ष आउन बाँकी रहेको उल्लेख गरे ।

बैठकमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालका पदाधिकारीहरुले त्रिपक्षीय सम्झौता अनुसार भर्ना भएका ब्रिटिस गोर्खाहरु विभेदमा परेको, आधारभूत मानव अधिकार हनन भएको उल्लेख गरेका थिए । उनीहरुले आफूहरुमाथि अन्याय भएको भन्दै सरकारले न्याय दिनुपर्ने जिकिर गरे ।

बैठकमा समिति सदस्यहरुले लामो समयदेखि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले राखेका माग पूरा गर्न सरकारले गम्भीर भएर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ०९ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती– हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले

सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई

भारतीय एक नाइटक्लबमा आगलागी, चार नेपालीसहित २५ जनाको मृत्यु

एजेन्सी– भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा

अरु पार्टीलाई ज्ञवालीको चुनौती- राम्रो र सक्षम बन्नेभए गाली होइन, कामले प्रतिस्पर्धा गर्नुस्

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक बहसमा उठाइएका

टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी

भोजपुर– टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी