हमास प्रतिनिधिमण्डल युद्ध विरामबारे वार्ता गर्न कायरोमा « Khabarhub

हमास प्रतिनिधिमण्डल युद्ध विरामबारे वार्ता गर्न कायरोमा


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

कायरो – सत्तारुढ इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को उच्चस्तरीय प्रतिनिधिमण्डल गाजा पट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न आइतबार कायरो आइपुगेको छ ।

आधिकारिक सुरक्षा स्रोतले जनाए अनुसार हमासका उपप्रमुख खलिल अल-हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को हप्ता शुरु हुने रमजानको अवसर पारेर युद्धविरामका लागि वार्ता गर्न त्यहाँ पुगेको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।

अपेक्षित सम्झौतामा ४०० जना प्यालेस्टिनी बन्दीहरूका लागि ४० इजरायली बन्धकहरूको अदलाबदली गरिने र घेरामा परेको एन्क्लेभमा सहायता ट्रकहरू बढाउने लगायतका विषय समावेश हुनेछन् ।

यसैगरी इजरायली प्रतिनिधिमण्डल युद्धविराम वार्ताका लागि आइतबारपछि यहाँ आउने सम्भावना रहेको स्रोतले बताएको छ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायली शहरहरूमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरी २०० जना भन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा त्यसका विरुद्ध ठूलो प्रत्याक्रमण अभियान चलाइरहेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली जवाफी कारबाहीमा ३० हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ७१ हजार ५३३ जना घाइते भएका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : १४ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि