भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने « Khabarhub

भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

हनोई– औद्योगिक विकासमा तीब्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१-२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।

भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ । पछिल्ला वर्षहरूमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरूमा विद्युत माग तीब्र रुपमा बढेको छ । 

सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ । साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरूमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ । 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : ०३ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न