प्रहरीद्वारा सतहत्तर लाखको अवैध सामान बरामद | Khabarhub Khabarhub

प्रहरीद्वारा सतहत्तर लाखको अवैध सामान बरामद


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुर प्रहरीले भन्सार छलेर ल्याइएका करिब  ७७ लाख बराबरको अवैध सामान आज बरामद गरेको छ । सामान ल्याउने काममा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–७ स्थित पूर्व पश्चिम लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिजबिजक नभएका साडी, कुर्थासुरुवाल, टिसर्ट, पाइन्ट, जुत्तालगायतका लत्ताकपडासहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लक्ष्मी भण्डारीले बताए । 

लोथरबाट हेटौँडातर्फ आउँदै गरेको बागमती बिएडी ४३७० नम्बरको गाडी चेकजाँच गर्दा भन्सार छलेर ल्याइएको बिलबिजक बिनाका लत्ताकपडा दुई हजार सात सय ४४ थान, विभिन्न कम्पनीका मोबाइल ८२ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

सामानसँगै प्रहरीले नियन्त्रणमा लिएका सवारी चालक उदयपुर त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष २८ को राजकुमार चौधरी छन् । प्रहरीले चौधरीलाइ आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको प्रनाउ भण्डारीले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ५० बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको