बिग्रँदो टर्की इजरायल सम्बन्ध « Khabarhub

बिग्रँदो टर्की इजरायल सम्बन्ध


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी काम गरेको भन्दै टर्कीले सबै खाले कारोबार रोक्का गर्ने निर्णय गरेको छ।

टर्कीका व्यापार मन्त्रालयले इजरायलले गाजामा सहज मानवीय सहयोग उपलब्ध गराउने वातावरण निर्माण नगरेसम्म सबै कारोबार बन्द गर्ने निर्णय गरेका हुन्। यी दुई देश बिच गत वर्ष सात अर्ब अमेरिकी डलर कारोबार भएको थियो।

इजरायलका विदेश मन्त्रीले भने टर्कीका राष्ट्रपति रेइकेप तैयव एडोर्गानले तानासाहको व्यवहार गरेको आरोप लगाएका छन्। विदेश मन्त्रालयले आफ्ना उत्पादनको उपयोग हुने तथा बाह्य सामग्री भित्र्याउन उद्देश्ये तत्कालै अन्य विकल्प खोज्ने बताएका छन्।

सन् १९४९ मा इजरायलसँग कारोबार सुरु गर्ने टर्की पहिलो मुस्लिम बाहुल्यताको देश बनेको थियो। तर, पछिल्लो दशक यी देश बिचको सम्बन्ध खराब बन्दै गएको छ।

सन् २०१० मा १० जना प्रो प्यालीस्टाइनी टर्कीको इजरायली कमान्डरबाट ज्यान गएपछि कूटनीतिक सम्बन्ध भङ्ग भएको थियो। यी दुई बिच सन् २०१६ मा फेरि सोही सम्बन्ध स्थापना भएको थियो। दुई वर्षपछि टर्की र इजरायलको बिचमा फेरि खटपट सुरु भएको थियो।

गत वर्षको ७ अक्टोबरमा हमासले गरेको आक्रमणको प्रत्याक्रमणमा इजरायले हवाई आक्रमण सुरु गरेदेखि नै एडोर्गानले यसमा आपत्ति जनाउँदै आएका थिए।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : ४५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते