बिग्रँदो टर्की इजरायल सम्बन्ध « Khabarhub

बिग्रँदो टर्की इजरायल सम्बन्ध


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी काम गरेको भन्दै टर्कीले सबै खाले कारोबार रोक्का गर्ने निर्णय गरेको छ।

टर्कीका व्यापार मन्त्रालयले इजरायलले गाजामा सहज मानवीय सहयोग उपलब्ध गराउने वातावरण निर्माण नगरेसम्म सबै कारोबार बन्द गर्ने निर्णय गरेका हुन्। यी दुई देश बिच गत वर्ष सात अर्ब अमेरिकी डलर कारोबार भएको थियो।

इजरायलका विदेश मन्त्रीले भने टर्कीका राष्ट्रपति रेइकेप तैयव एडोर्गानले तानासाहको व्यवहार गरेको आरोप लगाएका छन्। विदेश मन्त्रालयले आफ्ना उत्पादनको उपयोग हुने तथा बाह्य सामग्री भित्र्याउन उद्देश्ये तत्कालै अन्य विकल्प खोज्ने बताएका छन्।

सन् १९४९ मा इजरायलसँग कारोबार सुरु गर्ने टर्की पहिलो मुस्लिम बाहुल्यताको देश बनेको थियो। तर, पछिल्लो दशक यी देश बिचको सम्बन्ध खराब बन्दै गएको छ।

सन् २०१० मा १० जना प्रो प्यालीस्टाइनी टर्कीको इजरायली कमान्डरबाट ज्यान गएपछि कूटनीतिक सम्बन्ध भङ्ग भएको थियो। यी दुई बिच सन् २०१६ मा फेरि सोही सम्बन्ध स्थापना भएको थियो। दुई वर्षपछि टर्की र इजरायलको बिचमा फेरि खटपट सुरु भएको थियो।

गत वर्षको ७ अक्टोबरमा हमासले गरेको आक्रमणको प्रत्याक्रमणमा इजरायले हवाई आक्रमण सुरु गरेदेखि नै एडोर्गानले यसमा आपत्ति जनाउँदै आएका थिए।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार