आजका समाचार : प्रचण्ड, ओली र देउवाको भेटदेखि प्रतिनिधिसभा बैठकसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रचण्ड, ओली र देउवाको भेटदेखि प्रतिनिधिसभा बैठकसम्म


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार र प्रतिपक्षी दलका शीर्ष नेतृत्वसँग छलफल गरेका छन् ।

उनले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् ।


प्रधानमन्त्री प्रचण्डले सोमबार नै अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले ओली र देउवासँग सामूहिक र नेपालसँग छुट्टै छलफल भएको जनाएको छ ।

सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री प्रचण्डले एकसाथ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका हुन् ।

मन्त्रिपरिषद् हेरफेर गरिँदै, रञ्जिता पर्यटनमन्त्री बन्ने

प्रधानमन्त्री दाहाल, ओली र नेपालबीच वार्ता, एकीकृत समाजवादीले मधेसमा सघाउने

गठबन्धनमा विश्वास हुनुपर्छ, छलफल सकारात्मक छ

गृहमन्त्रीले भने : विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन

एमाले-माओवादी सम्बन्ध बलियो डोरीले बाँधेजस्तो, कुनै विवाद छैन : महेश बर्तौला

दलित सशक्तीकरण कार्यक्रम बनाउन आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए ।

दलित सशक्तीकरण कार्यक्रम बनाउन आवश्यक

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरी : राष्ट्रपति

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

अध्यागमनका कर्मचारीलाई अब छुट्टै पोसाकको व्यवस्था

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारागारमा हाल पाँच सय कैदी राखिएको बताए। उनले आगामी आर्थिक वर्षको बजेटमा उक्त कारागार सुधारका लागि बजेट व्यवस्थापन नगरिएको भन्दै उक्त कारागार सुधारका निम्ति सरकारको ध्यानाकर्षण गराए।


सांसद तारा लामातामाङले कञ्चनपुरका करिब चार सय ४७ जना उखु किसानको अनुदान रकम छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

बजेटबारेको छलफल उत्साहजनक छैन, निद्रा मात्रै लाग्छ

बजेट आएको महसुस गरिबलाई पनि गराउनुस्‌

अब गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्छौँ : मनीष झा

बजेट कार्यान्वयनका लागि आर्थिक अनुशासन कायम गर्नुपर्छ : नेता पन्त

राष्ट्रियसभा बैठक :  बजेट प्रभावकारी कार्यान्वयनमा संसद्हरूको जोड

‘सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद’

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभामा दुई प्रतिवेदन प्रस्तुत

ओलीले भने- गिरीबन्धुबारे बालेनलाई सोध्नु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जवाफमा ओलीले गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन् ।


गिरीबन्धु टी-इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’

केपी ओलीज्यू ! १० करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला : बालेन

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल

सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी

बालेनले नसुनेपछि सडक विभागले टाल्यो न्यूरोडको सडक

लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री
लुम्बिनीमा सरकार विस्तार भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् ।


केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मधेश प्रदेशसभामा जनमतको अवरोध

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्योलमा

कोशीको नीति तथा कार्यक्रम प्रस्तुत

सप्तरीमा मन्त्रीमाथि भएको आक्रमणबारे छानबिन हुने

शेनबाम बनिन् मेक्सिकोको पहिलो महिला राष्ट्रपति

मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी छन् ।

मेक्सिको सिटी निवासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।


विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकाले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौं सैनिकहरू तैनाथ गरिएको थियो ।

शेबनामले प्राप्त गरेको मत प्रतिशत उनको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङकभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अंक बढी हो ।

जापानमा ६.० म्याग्निच्युडको भूकम्प

जापानको यातायात मन्त्रालयले टोयोटाको मुख्यालय निरीक्षण गरिने

युद्धबाट गाजाका आधाभन्दा धेरै संरचना ध्वस्त

उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ८ : ०१ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः