रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिवेदनमाथि छलफल | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिवेदनमाथि छलफल


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यलय, चःमति, वनस्थलीमा जारी बैठकमा महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल भइरहेको सहमहमन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर ३२ पृष्ठको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उनले उक्त प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यही अवस्था कायम रहे आगामी निर्वाचन २०८४ मा राष्ट्रिय पार्टी बन्न मुस्किल हुने निष्कर्ष उल्लेख गरेका छन् ।

सहमहमन्त्री बुर्लाकोटीले पार्टी अगाडि बढाइरहँदा गम्भीर रुपमा छलफल र समीक्षा हुनुपर्नेमा कुनै दुविधा नरहेको तर भनाइको शैली र तरिका फरक हुनुले आम जनतामा पर्ने असरको विषयमा गम्भीर हुनुपर्ने बताए ।

उनले खबरहबसँग भने, ‘पार्टी समीक्षा गरेर अगाडि बढ्ने कुरामा हाम्रो कुनै दुईमत छैन। तर महामन्त्री आफैँ महामन्त्री हो। उहाँको शैली र त्यो भनाइको तरिका चाहिँ हामीलाई नराम्रो लागेको छ।’

यस्तै, बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको बताइएको छ ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : २३ बजे

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको

ज्वाङखोला पहिरोले पृथ्वीराजमार्गमा यातायात अवरुद्ध

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा

ट्राफिक व्यवस्थापन गर्न २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राखिँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा

गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने

काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर र नगद

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १३