रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिवेदनमाथि छलफल « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिवेदनमाथि छलफल


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यलय, चःमति, वनस्थलीमा जारी बैठकमा महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल भइरहेको सहमहमन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर ३२ पृष्ठको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उनले उक्त प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यही अवस्था कायम रहे आगामी निर्वाचन २०८४ मा राष्ट्रिय पार्टी बन्न मुस्किल हुने निष्कर्ष उल्लेख गरेका छन् ।

सहमहमन्त्री बुर्लाकोटीले पार्टी अगाडि बढाइरहँदा गम्भीर रुपमा छलफल र समीक्षा हुनुपर्नेमा कुनै दुविधा नरहेको तर भनाइको शैली र तरिका फरक हुनुले आम जनतामा पर्ने असरको विषयमा गम्भीर हुनुपर्ने बताए ।

उनले खबरहबसँग भने, ‘पार्टी समीक्षा गरेर अगाडि बढ्ने कुरामा हाम्रो कुनै दुईमत छैन। तर महामन्त्री आफैँ महामन्त्री हो। उहाँको शैली र त्यो भनाइको तरिका चाहिँ हामीलाई नराम्रो लागेको छ।’

यस्तै, बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको बताइएको छ ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : २३ बजे

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी