रविलाई मुकुलको प्रश्न– बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ?  « Khabarhub

रविलाई मुकुलको प्रश्न– बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ? 


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेसँग बोलेका कुरा पूरा हुन लाग्ने समयको ‘टाइमफ्रेम’ मागेका छन् । 

बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँग बोलेका कुरा पूरा हुन लाग्ने समयको ‘टाइमफ्रेम’ मागेका हुन् । 

‘अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरू मतलव छन्,’ ढकालले बैठकमा पेस गरेको लिखित प्रतिवेदनमा भनिएको छ, ‘हिजो किन बोल्नु भयो ? बोलेका कुराहरू कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो ।’

महामन्त्री ढकालले सभापति लामिछानेलाई आफूले बोलेका सबै कुराहरूको रेकर्ड राखेर जवाफ दिन पनि भनेका छन् । 

‘सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्‍यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरू,’ ढकालले भनेका छन्, ‘यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔं, ती बोलिहरुको अभिलेखिकरणका लागि ।’

ढकालले सभापति लामिछानेलाई अबका दिनमा काम हुनुअगावै नबोल्न पनि सुझाव दिएका छन् । 

‘अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नु होला,’ उनले भनेका छन् । 

महामन्त्री ढकालले झिंगासँग उड्दा फोहोरमा पुगिने भन्दै आफूलाई सभापति लामिछाने झिंगासँग उड्न लागेको आभाष भएको पनि उल्लेख गरेका छन् ।   

‘सभापति ज्यू, झिंगासँग उडियो भने गुमा पुगिन्छ । मौरीसँग उड्यो भने महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिंगासँग होइन,’ ढकालले लेखेका छन्, ‘हजुर पनि झिंगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।’

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : ३९ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी