रविलाई मुकुलको प्रश्न– बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ?  | Khabarhub Khabarhub

रविलाई मुकुलको प्रश्न– बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ? 


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेसँग बोलेका कुरा पूरा हुन लाग्ने समयको ‘टाइमफ्रेम’ मागेका छन् । 

बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँग बोलेका कुरा पूरा हुन लाग्ने समयको ‘टाइमफ्रेम’ मागेका हुन् । 

‘अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरू मतलव छन्,’ ढकालले बैठकमा पेस गरेको लिखित प्रतिवेदनमा भनिएको छ, ‘हिजो किन बोल्नु भयो ? बोलेका कुराहरू कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो ।’

महामन्त्री ढकालले सभापति लामिछानेलाई आफूले बोलेका सबै कुराहरूको रेकर्ड राखेर जवाफ दिन पनि भनेका छन् । 

‘सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्‍यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरू,’ ढकालले भनेका छन्, ‘यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔं, ती बोलिहरुको अभिलेखिकरणका लागि ।’

ढकालले सभापति लामिछानेलाई अबका दिनमा काम हुनुअगावै नबोल्न पनि सुझाव दिएका छन् । 

‘अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नु होला,’ उनले भनेका छन् । 

महामन्त्री ढकालले झिंगासँग उड्दा फोहोरमा पुगिने भन्दै आफूलाई सभापति लामिछाने झिंगासँग उड्न लागेको आभाष भएको पनि उल्लेख गरेका छन् ।   

‘सभापति ज्यू, झिंगासँग उडियो भने गुमा पुगिन्छ । मौरीसँग उड्यो भने महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिंगासँग होइन,’ ढकालले लेखेका छन्, ‘हजुर पनि झिंगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।’

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : ३९ बजे

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ ।

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा