महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने | Khabarhub Khabarhub

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । बुधबार बिहान साढे ८ बजेबाट केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको बैठक विवादबीच अघि बढिरहेको छ ।

बैठकको अध्यक्षता गर्दै सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकालको मागअनुसार लाइभ गर्ने कि नगर्नेबारे सहभागी नेताहरूको धारणा लिएका छन् ।

धारणा दिने प्रायः सबै नेताहरूले पार्टीको बैठक सञ्चालन कार्यविधिविपरीत आन्तरिक छलफलको विषय पार्टी रणनीति र कूटनैतिक रुपमा गलत हुने भएकोले सार्वजनिक गर्न नहुने अडान राखे ।

त्यसपछि सभापति लामिछानेले लाइभ गर्ने महामन्त्रीको प्रस्ताव निर्णयार्थ पेश गरे । सभापति लामिछाने र महामन्त्री ढकाललाई सहभागी नगराइएको प्रक्रियामा सतप्रतिशत सदस्यले लाइभ गर्न नहुनेमा अभिमत दिए । एक नेताका अनुसार सभापति लामिछानेले बैठकको लाइभ नहुने निर्णय तत्कालै सुनाए ।

सदस्यहरूको अभिमतअनुसार सभापतिले सुनाएको निर्णयमा महामन्त्री ढकालले असहमति जनाए।

उनले विरोधस्वरुप मुखमा मास्क र टेप लगाएर बैठकमा सहभागी भए । ढकालको निर्णय र गतिविधि बैठक सञ्चालनको विधि, प्रक्रिया र कार्यविधि एवं पार्टी अनुशासन र हितविपरीत रहेको भन्दै सदस्यहरूले आपत्ति जनाए । त्यसपछि सभापति लामिछानेले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

महामन्त्री ढकालका गतिविधिलाई अनुशासनको विषय बनाउने र आयोगले थप हेर्ने सहमतिपछि सभापतिले बैठक अगाडि बढाएका थिए। जसअनुसार यसअघि मिडियामा जथाभावी बोलेको आरोप झेलिरहेका ढकालमाथि यस प्रकरणमा पनि थप कारबाही हुने भएको छ ।

ढकालका गविविधि र अभिव्यक्तिले आन्तरिक लोकतन्त्रबारे पार्टी पंक्ति र सर्वसाधारणलाई जानकारी दिन बैठकको सुरुदेखि अन्त्यसम्मका प्रक्रिया सार्वजनिक गर्ने सहमति पनि नेताहरूले गरेका छन् ।

आजको बैठकमा सभापति लामिछानेले महामन्त्री ढकाललाई समीक्षा यात्राको प्रतिवेदन प्रस्तुत गर्न समय दिएका थिए । तर, ढकालले प्रस्तुत नगर्ने अडान लिए ।

उनले प्रतिवेदन प्रस्तुत नगर्ने भनेपछि सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरे । उनले १ घण्टा ३५ मिनेट लगाएर ढकालको ३२ पृष्ठको प्रतिवेदन पढेर सुनाएका छन् । बैठकमा ढकालको प्रतिवेदनमा छलफल जारी छ। प्राय: सबै सदस्यले धारणाा राखिसकेका एक नेताले बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ५६ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा