भारतविरुद्ध नेपालको ऐतिहासिक जीत | Khabarhub Khabarhub

काभा महिला भलिबल

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा वुमन्स लिगमा ऐतिहासिक जीत* निकालेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो ।

भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे ।

नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा वुमन्स लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्‌ । यसअघि नै नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।

(सच्याइएको ।)

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : २५ बजे

रसुवा बाढीपछि चीनमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै

काठमाडौं– गत असार २४ गते रसुवागढी नाकास्थित भोटेकोशी नदीको बाढीले

भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा

काठमाडौं – भारतीय यूथ टोलीसँगको दोस्रो टेस्टमा इंग्ल्यान्डको यूथ टोली

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने