आजका समाचार : ‌ओलीविरुद्ध चुलिँदो बालेनकाे आक्रोश, आफ्नै बोलीले संकटमा सञ्चारमन्त्री, युक्रेनमा एकै दिन ४१ मारिए | Khabarhub Khabarhub

आजका समाचार : ‌ओलीविरुद्ध चुलिँदो बालेनकाे आक्रोश, आफ्नै बोलीले संकटमा सञ्चारमन्त्री, युक्रेनमा एकै दिन ४१ मारिए


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

तबला उपहार पाएका बालेन्द्रले किन ठोक्दैछन् ओलीलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रामक देखिएका छन् । प्रधानमन्त्री ओली र उनको दल नेकपा एमालेमाथि बालेन्द्रले गरेको कडा टिप्पणीको चर्चा गर्नुअघि बालकोटबाट उनले उपहार पाएको तबलाको चर्चा गरौं ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउनुअगावै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका थिए । काठमाडौं महानगरको मेयरमा विजयी हुने निश्चित देखिएपछि दलका नेताहरु मध्ये पहिलो पटक एमाले अध्यक्ष ओलीलाई भेट्न बालेन्द्र बालकोट गएका थिए ।

नेपालले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरिसकेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरूको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानूनीरूपमै अन्त्य गरिएको स्पष्ट गरे ।

सहकारी प्रकरण : संसदीय समितिको म्याद १५ दिन थपियो

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप गरिएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले समितिको म्याद थप गर्ने समिति संयोजक सूर्य थापाको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

प्रचण्डलाई जनक भनौँ, नोबेल पुरस्कारका लागि प्रस्ताव गरौँ : मोदी

 

‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिको संसद्‍मा विरोध, सरकारसँग जवाफ माग

चन्द्र भण्डारी भन्छन्- सरकार यसैगरी अघि बढे व्यवस्था संकटमा पर्छ, काँध थाप्न सक्दैनौँ

कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न एनपी साउदको माग

‘गण्डकीमा मन्त्री पद नै बिक्रीमा रहेछ, प्रदेश संरचना खारेज गरौँ’

राष्ट्रियसभा : चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्य तथ्य छानबिन गर्न माग गरेका छन् ।

मेरो भारत भ्रमणले सम्बन्धलाई मजबुत बनाउन सघाएको छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सहयोग र सहकार्य प्रवर्द्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको बैठकमा भारत भ्रमणका सम्बन्धमा समितिलाई जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले भ्रमणका माध्यमबाट दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहु आयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको विश्वास व्यक्त गरिन् ।

‘भैरहवा र महेन्द्रनगर हवाई रुटबारे भारत सकारात्मक भएको छ’

यस्ता छन् कतारका लागि प्रस्तावित राजदूत पौडेलका कार्ययोजना

संसदीय सुनुवाइ समितिले कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलबारे संसदीय सुनुवाइ गरेको हो ।

सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न माग

पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।

मञ्चले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुनेगरि सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्रसेवक नेपाल प्रहरीका ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ जस्ता शब्दहरूको प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिएका छन् ।

विद्युत् नियमन आयोगले आज यहाँ आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशिका’माथिको छलफलमा उनले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताएका हुन्।

दीपक मनाङे भन्छन्- मलाई किन पैसा चाहियो र ?

गण्डकी प्रदेश सरकारका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्रालय बेच्ने कुरा कुरामा आफूले ठट्टामा भनेको बताएका छन् ।

सोमबार गण्डकी प्रदेशमा गरिएको मन्त्रालय बाँडफाँट स्वतन्त्र सांसद मनाङे असन्तुष्ट थिए । आफूले सम्हालिरहेको भौतिक मन्त्रालय नेकपा एमालेलाई दिएर वन मन्त्रालयमा सरुवा गरिएपछि उनी रिसाएका थिए। त्यहीकारण उनले मन्त्री पदबाट राजीनामा पनि दिइसकेका छन् ।

बालेन्द्रलाई सुनिताले कार्यपालिका बैठकमै भनिन्- जनता घेर्न आउन थाले, कार्यशैली सुधारौँ

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् ।

बुधबार बसेको ३५ औँ कार्यपालिका बैठकलाई सम्बोधनका क्रममा उपमेयर डंगोलले महानगरको नेतृत्वको भूमिका र कार्यशैलीका कारण जनता आतंकित भएको बताइन् ।

छानबिनमा तानिए काठमाडौं महानगरभित्रका ४० सहकारी, सात वटाको जिम्मा सीआईबीलाई

काठमाडौं महानगरपालिकाले कार्यक्षेत्रभित्रका विभिन्न ४० सहकारी संस्थाको छानबिन गरेको छ । महानगरपालिकाको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्ले नेतृत्वमा ती सहकारीको छानबिन गरिएको हो ।

गत चैत १६ देखि असार ७ गतेसम्म उजुरीका आधारमा महानगरपालिकाअन्तर्गतका ४० सहकारी संस्थाको छानबिन गरेर प्रतिवेदन तयार पारिएको महानगरपालिका स्रोतले जनाएको छ ।स्रोतका अनुसार छानबिन गरिएका सहकारी मध्ये कैफियत देखिएको एक सहकारी संस्थालाई कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई सिफारिस गरिएको छ ।

महानगरले छानबिनका क्रममा कैफियत देखिएको महागुथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमाथि कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गरेको हो ।

फेसबुक पोस्ट उडेपछि बालेन- गलत भए मलाई समात, नत्र दोषीलाई समात

सांसद अमरेश सिंह गृहजिल्ला पुग्दा तनाव, नाराबाजी र ढुंगामुढा

स्वतन्त्र सांसद डा. अमरेश सिंह गृहजिल्ला सर्लाही पुग्दा मंगलबार तनाव भएको छ ।

सर्लाही क्षेत्र नं.-४ का सांसद सिंहले स्थानीयबासी र समर्थकमाझ मन्त्य दिने क्रममा अर्को पक्षले उत्तेजक र द्वन्द फैलाउने अभिव्यक्ति दिएको भन्दै विरोध गरेको थियो ।

अर्थसंक्षेप : सहकारी विशेष छानबिन समितिको म्याद थप, असोजको पहिलो साता मेलम्चीको पानी काठमाडौं आउने

अन्तर्राष्ट्रिय

१० वर्षमा ३० गुणाले बढ्यो भारतीय रक्षा उपकरण निर्यात

चिनियाँ अर्थतन्त्रका सूचक लगातार घट्दै

पाकिस्तानको खैबर पख्तुनख्वामा ४ सैनिकसँगै २५ लडाकुको मृत्यु

युक्रेनी सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ४१ जना मारिए

पश्चिम बंगालमा बलात्कारविरुद्ध नयाँ कानुन, विधानसभामा सर्वसम्मतले पारित

फिलिपिन्समा आँधीसँगै आएको बाढीमा १४ जनाको मृत्यु

खेलकुद

नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल वर्षाले रद्द

विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय

एन्फा महिला लिग : चन्द्रपुर र कर्णालीले बराबरी अंक बाँडे

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ८ : १० बजे

ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते

काठमाडौं–  काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज

बढी मूल्यमा पानी बेच्नेलाई दुईलाख रुपैयाँ जरिवाना

कास्की– तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

म्याग्दी– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि

पाकिस्तानका वाणिज्य बैंकले अवैधानिक ठूलो मुनाफा आर्जन गरेको खुलासा

काठमाडौँ– सन् २०२२ मा पाकिस्तानका वाणिज्य बैंकहरुले अवैधानिक रुपमा ठूलो