सम्पदा सल्लाहकार कायस्थले छाडे मेयर बालेन्द्रको साथ « Khabarhub

सम्पदा सल्लाहकार कायस्थले छाडे मेयर बालेन्द्रको साथ

भन्छन्- सयम बित्दै गएपछि सबै थाहा पाउनु हुन्छ


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका एकजना सल्लाहकारले साथ छाडेका छन् ।

महानगरका प्रमुखस्तरीय निर्णयबाट २०८० जेठ ३१ गते अवैतनिक सम्पदा सल्लहाकारमा नियुक्त यादवलाल कायस्थले पद त्यागेको घोषणा मंगलबार गरेका हुन् ।

नेवा संस्कृतिक संरक्षणको अभियन्ताका रुपमा परिचित उनले मेयर साहको कार्यशैलीमा चित्त नबुझेर पद त्याग गरेको बताएका छन् । हिटी म्यान (ढुङ्गेधारा संरक्षण र पुन:स्थापनामा सक्रिय) उनले आफू कसैको पनि एकोहोरो समर्थक नरहेको बताएका छन् ।

परम्परागत गुठी व्यवस्था संकटमा परेका बेला चलेको आन्दोलनको नेतृत्व पनि उनैले गरेका थिए । कायस्थ चोरी भएका मूर्ति फिर्ता ल्याउने र पुन:स्थापना अभियानमा क्रियाशील छन् ।

‘म कुनै पनि संघ, संस्था, निकाय र राजनीतिक दलको विरोधी हुन सक्दिनँ । तर म कसैको ‘अ…’ समर्थक पनि होइन’, उनले भनेका छन्, ‘मैले काठमाडौं महानगरपालिकाको प्रमुखको सम्पदा सल्लाहकारको पद छोडेको छु । कसैले पनि किन छोडेको किन छोडेको नसोध्नु होला । समय बित्दै गएपछि सबैले अवश्य जवाफ पाउनु हुनेछ ।’

उनले बालेनको सल्लाहकार पद छाडे पनि कसैको विरोध नगर्ने बताएका छन् । ‘पदमा हुँदा कामसँगै विरोध पनि गरेँ । सुधार्ने र सच्याउने भनेको आफ्नै ले हो भनेर विरोध गर्ने गरेको छु’, उनले भनेका छन्, ‘तर अब म अलग भइसकेको छु । मैले काठमाडौं महानगरपालिका प्रमुखको नाम कतै लिँदै लिन्नँ । मलाई कसैले यो विषयमा सोध्न नआउनु होला ।’

उनले बालेनको सल्लाहकार पद छाडे पनि सम्पदा संरक्षणको विषयमा भने जस्तो अवस्थामा पनि खटिरहने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ७ : ४४ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले