राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको शिष्टाचार भेट | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको शिष्टाचार भेट


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका विदेशमन्त्री डा. एस जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री जयशङ्करले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल–भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिएका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताएका थिए ।

राष्ट्रपतिले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरेका थिए ।

सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताए  । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशङ्कर आज बिहान काठमाडौँ आइपुगेका हुन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १२ : २४ बजे

मधेस सरकारले पाँच भाषालाई कामकाजको भाषा बनाउने 

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेश गठन भएको झण्डै ७ वर्षपछि

बजेट आकार कम्तिमा २५० अर्बले घटाउँदै सरकार

काठमाडौं – खर्च गर्न र स्रोत जुटाउन नसकेपछि सरकारले चालु

महान्यायाधिवक्ताको कार्यालय ! आम्मामा !

महान्यायाधिवक्ता कार्यालयका तर्फबाट हामीले सरकारलाई यो–यो सुझाव दिएका छौं भनेर

देउवा भन्छन्- ऋण जहाँबाट पनि लिए हुन्छ, देश ‘डेब्ट ट्रयाप’मा पर्नु भएन

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा