केएमसीले डा विषदलाई कलेज छिर्न रोक लगाएकोप्रति संघको ध्यानाकर्षण « Khabarhub

केएमसीले डा विषदलाई कलेज छिर्न रोक लगाएकोप्रति संघको ध्यानाकर्षण


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँआवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य डा दाहालको निलम्बन स्थगनको पत्र केएमसीमा पुगे पनि डा.दाहालाई प्रवेश गर्न नदिएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् । 

स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरूलाई शैक्षिक गतिविधि बाहेक पीडादायक रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको ऐन विपरित समेत भएको र डा दाहाललाई  निलम्बन गर्नुअघि कलेज प्रशासनले कुनै पनि प्रष्टिकरणको अवसर समेत नदिइएकोप्रति भन्दै संघको आपत्ति छ विज्ञप्तिमा भनिएको छ । 

संघले डा दाहालको निलम्बन अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकमाथि नै लक्षित गर्दै गरिएको घटना भएको भन्दै सो घटनाको सत्यतथ्य छानबिन गर्न र निलम्बनमा परेका डा दाहाललाई न्याय प्रदान गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ४ : ५० बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखले बनाए शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित