पुल निर्माणको माग गर्दै सरोकारवालाको मन्त्री ज्वालालाई ध्यानाकर्षण « Khabarhub

पुल निर्माणको माग गर्दै सरोकारवालाको मन्त्री ज्वालालाई ध्यानाकर्षण


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा बाढीले बगाएको शिवाई पुल निर्माणको काम सुरु माग गर्दै उदयपुरका राजनीतिक दलहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् ।

अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल दुई वर्षअघि अन्तिम चरणमा रहेका बेला बाढीले बगाएको थियो । त्यसपछि उक्त पुलको निर्माण कार्य अघि नबढेको भन्दै सरोकारवालाले मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले उक्त पुल निर्माणको काम अघि बढ्ने प्रतिबद्धता नआएसम्म उदयपुर नफर्कने जनाएका छन् ।

उदयपुरका संघीय सांसद नारायण खड्काले उक्त पुल अघि बढाउने आश्वासन पटक पटक आए पनि सुरु हुन नसकेको भन्दै पुल बनाउने वातावरण बनाउनुपर्ने बताए । उनले विभिन्न बहानामा जिम्मेवारीबाट पन्छिएर पुन नबनाउन खोजिएको तर्क गरे।

मन्त्री ज्वालाले उक्त पुल निर्माणका लागि आफू निरन्तर छलफलमा रहेको भन्दै पुल बन्नुपर्छ भन्नेमा विमति नरहेको बताए । आयोजना प्रमुख नयाँ आएकाले पुल सम्बन्धमा अध्ययनको समय माग गरेकाले केही ढिलाइ भएको उनको भनाइ छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाका पूर्व मेयर खगेन्द्र राईले लामो समय हुँदा पनि पुल निर्माण कार्य सुरु नभएपछि मन्त्री ज्वालाको ध्यानाकर्षण गराएको बताए । उनले अव पनि पुल निर्माणमा ढिलाइ भए दबाबका कार्यक्रमसम्म गर्ने वा स्थानीय स्रोत साधनबाट बनाउने भन्नेबारे छलफल गर्ने उल्लेख गरे ।

उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदिको निर्माणाधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको हो । ३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भासिएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ५ : २३ बजे

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख