भारतीय विदेशमन्त्री एस जयशंकर राजनीतिक भेटघाटमा « Khabarhub

भारतीय विदेशमन्त्री एस जयशंकर राजनीतिक भेटघाटमा


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका  भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गरेका छन् । 

बिहीबार काठमाडौंको एक होटलमा विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूसंग भेटवार्ता गरेका हुन् । 

भेटपछि  एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल भारत सहमति लगायत दुईपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए। नेपालको आर्थिक विकासको बाटोमा आवश्यकता अनुसारको सहयोग मित्रराष्ट्रबाट हुने अपेक्षा गरिएको उनले बताए । 

त्यस्तै कांग्रेस सभापति देउवासँगको भेटमा दुईपक्षीय सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो । नेताहरूको भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्धलाई थप उचाइमा लैजान प्रयत्न गर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको