भारतीय विदेशमन्त्री एस जयशंकर राजनीतिक भेटघाटमा « Khabarhub

भारतीय विदेशमन्त्री एस जयशंकर राजनीतिक भेटघाटमा


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका  भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गरेका छन् । 

बिहीबार काठमाडौंको एक होटलमा विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूसंग भेटवार्ता गरेका हुन् । 

भेटपछि  एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल भारत सहमति लगायत दुईपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए। नेपालको आर्थिक विकासको बाटोमा आवश्यकता अनुसारको सहयोग मित्रराष्ट्रबाट हुने अपेक्षा गरिएको उनले बताए । 

त्यस्तै कांग्रेस सभापति देउवासँगको भेटमा दुईपक्षीय सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो । नेताहरूको भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्धलाई थप उचाइमा लैजान प्रयत्न गर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : ०० बजे

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख