प्रधानमन्त्री कप : कैलालीसँग पराजित बझाङ बाहिरियो « Khabarhub

प्रधानमन्त्री कप : कैलालीसँग पराजित बझाङ बाहिरियो


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई एक सय छ रनले हरायो । जितका लागि पाएको दुई सय १२ रनको लक्ष्य पछ्याएको बझाङ २६ दशमलव पाँच ओभरमा एक सय छ रनमा समेटियो ।

त्यसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाए पनि हार भने टार्न सकेनन् । कैलालीका प्रकाश सुनारले तीन, धर्म जोशी र डमेर सुनारले २÷२ विकेट हात पारे । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५ ओभरमा छ विकेटको क्षतिमा दुई सय ११ रन बनायो । कैलालीका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन बनाए । बझाङका अशोक धामीले दुई विकेट लिए । कैलालीका टेक रावत म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए ।

योसँगै कैलालीले तीन खेलमध्ये दुईमा जित निकाल्दै चार अङ्क जोड्दै फाइनलको सम्भावना जीवितै राखेको छ । लगातार तेस्रो हार व्यहोरेको बझाङ भने प्रतियोगिताबाट बाहिरिएको छ । कैलालीले अब अन्तिम खेल आइतबार बैतडीसँग खेल्नेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ९ : ३६ बजे

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण