यू-१९ विश्वकप : पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा « Khabarhub

यू-१९ विश्वकप : पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू–१९ विश्वकपको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले भारतको सामना गर्नेछ । सुपर सिक्सको समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता दक्षिण अफ्रिकाको भेट पहिलो सेमिफाइनलमा हुन लागेको हो ।
यो खेल मंगलबार दिउँसो नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको बेनोनी मैदानमा हुनेछ ।

चार खेलमा चारमै जित निकाल्दै आठ अंकसहित भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अर्को समूहको दक्षिण अफ्रिका चार खेलमा एउटामा पराजित भएर ६ अंकसहित उपविजेता बनेको हो ।

दोस्रो सेमिफाइनलमा भने समूह ‘बी’को विजेता अस्ट्रेलिया र समूह ‘ए’को उपविजेता पाकिस्तानले बिहीबार प्रतिस्पर्धा गर्दैछन् । चार खेलमा सबै जित निकाल्दै आठ अंक बनाएको पाकिस्तान रनरेटका आधारमा समूह ‘ए’ को उपविजेता बनेको हो । यता समूह ‘बी’मा भने चार खेलमा तीन जित निकाल्दै अस्ट्रेलिया सात अंक बनाएर समूहको विजेता बनेको हो । उसले एउटा खेलमा वेस्ट इन्डिजसँग अंक बाँडेको थियो ।

यू–१९ विश्वकपको फाइनल भने अर्को आइतबार हुनेछ ।

दक्षिण अफ्रिका विश्वकपमा सहभागी नेपालको यात्रा भने सुपरसिक्सबाट टुंगिएको थियो । समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भयो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्स प्रवेश गर्नु नै नेपालका लागि उपलब्धि बन्यो । सुपर सिक्सको पहिलो खेलमा बंगलादेश ५ विकेट र दोस्रो खेलमा भारतसँग १३२ रनले पराजित हुँदै नेपालले विश्वकप यात्रा टुंग्याएको थियो ।

यू–१९ विश्वकपमा कसको जित कति ?

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ०४ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो