नामिबियाका राष्ट्रपति जिन्गोबको निधन | Khabarhub Khabarhub

नामिबियाका राष्ट्रपति जिन्गोबको निधन


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नामिबियाका राष्ट्रपति हागे जी. जिन्गोबको निधन भएको छ । राष्ट्रपति गिन्गोबको आइतबार बिहान राजधानी वाइन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । ८२ वर्षीय राष्ट्रपति गिन्बोब क्यन्सर रोगबाट पीडित थिए ।

‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँदछौँ– प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपतिको आज आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ’ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाली जनताको घरको स्तम्भ गुमाएको छ ।’

शनिबारमात्रै उपराष्ट्रपति नान्गोलो म्बुम्बाले राजधानी शहर वाइन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थीर अवस्थामा रहेको जनाकारी गराएका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ३८ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ