संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री  « Khabarhub

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री 


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको भन्दै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताए । सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्प अनुरूप विभिन्न सेवा प्रवाहका प्रणालीहरूबीच अन्तर आबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा सुधार गरिएको उनले बताए ।

गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलो पटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमा नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने कार्य प्रारम्भ भइसकेको जानकारी दिए । विकास आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र ‘भर्चुअल’ अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कार्य सम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने कार्य भइरहेको बताए ।

सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले सम्मानित सदनमा व्यक्त गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको स्पष्ट पारे । त्यस्तै उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ५ : ४९ बजे

एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे

काठमाडौं- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान अध्यक्ष केपी शर्मा

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौं– नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल

७ अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ

ओली भेटेपछि कांग्रेसलाई सर्वोच्च पठाएका देउवाले भने- अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु

काठमाडौं- जेन-जी आन्दोलनको उथलपुथलपछि पहिलो पटक गत १९ मंसिरमा नेकपा