श्रम अदालतको मुकाम काठमाडौंमा रहने
सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरि तोक्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून मन्त्रालयको प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरी तोक्ने निर्णय भएको र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा।डा पशुपति चौधरी र सदस्य पदमा विरेन्द्रप्रसाद यादव नियुक्त गरेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा डा। ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री
लगानी भित्र्याउन कानुन संशोधन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्रीले भने, ‘संसद्सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गरिरहेका छौँ’
बेलायती पत्रकारले गरे नेपालका प्रधानमन्त्रीको बेइज्यती
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहीबार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री शाहले बिहीबार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो ।
माओवादी र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने
सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टा सारियो
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै
लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति
जसपाले लुम्बिनीमा विश्वासको मतको विपक्षमा मतदान गर्ने
कांग्रेसले टुङ्गयायो उपनिर्वाचनको लागि उम्मेदवार
नेपाली कांग्रेसले उप–निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम र बझाङमा हुने उप–निर्वाचनका लागि उम्मेदवार तय गरेको हो।
कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा ९१० मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको हो।
जसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने
इलाम-२ मा माओवादीले एमालेलाई सघाउने
इलाम र बझाङको उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित
नौ खर्ब ६१ अर्ब विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।
विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड
पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी
शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा
यी हुन् वाइडबडी प्रकरणमा मुछिएका ३२ जना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको हो । विदेशीको नाम भने खुलाइएको छैन । अख्तियारले सबैमाथि १ अर्ब ४७ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।
वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर
होटललाई उद्योगको मान्यता दिलाउन पहल गर्छु : पर्यटनमन्त्री
चितवन राष्ट्रिय निकुञ्जमा ५३ वन्यजन्तु मरे
हिउँमा फसेका तीन कर्मचारीको उद्धार
१९ इन्स्पेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)
गायक राजेश पायलसहित तीन कलाकार पक्राउ
प्रहरीले गायक राजेश पायल राईलगायत तीन कलाकारलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँको थापागाउँ जनिकैबाट पक्राउ गरेको हो ।
उनीहरुलाई अहिले प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । मादक पदार्थ खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले गायक राईलाई अबदेखि यस्ता कार्य नगर्ने सर्तमा आफन्तको जिम्मा लगाउने तयारी गरेको छ ।
राजेश पायलको डिभोर्स : श्रीमतीलाई नक्सालको घर र ५० लाख नगद
बेलायती प्रधानमन्त्री सुनकले आफ्नै सिटमा हार्ने सर्वेक्षण
बेलायतमा यस वर्ष आम निर्वाचन हुँदै छ । प्रधानमन्त्री ऋषि सुनक आफैले यस्तो संकेत गरेका छन् ।
हालैका महिनाहरूमा, बेलायती प्रधानमन्त्री ऋषि सुनकले मेमा चुनाव अस्वीकार गरेका थिए र यस वर्षको अन्त्यमा चुनाव हुन सक्ने संकेत दिएका थिए । यसैबीच अर्को सर्वेक्षणले एउटा चकित पार्ने दाबी गरेको छ ।
आगामी आम निर्वाचनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकको सिट पनि खतरामा रहेको बताइएको छ । यूगभले १८ हजार मानिसमा गरेको नयाँ सर्वेक्षणले बेलायती प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा रहेको सत्तारुढ कन्जरभेटिभ पार्टीले आगामी आम चुनावमा लज्जास्पद हार बेहोर्ने देखाएको छ ।
भारतको औषधि कम्पनीमा विस्फोट, पाँच जनाको मृत्यु
रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु
प्रतिक्रिया