पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ « Khabarhub

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन भारतीय नागरिकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या आरोपमा २२ वर्षीय करण बरार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेको क्यानडा प्रहरीले जनाएको छ ।

तीनै जनालाई क्यानडाको एक सहर अल्बर्टाको एडमन्टनबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु विगत कम्तिमा तीनवर्षदेखि क्यानडामा बस्दै आएका थिए ।

पक्राउ परेका तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ । पक्राउ परेका माथि छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ।

यस्तै, उक्त हत्यामा अरु पनि संलग्न हुन सक्ने र थप पक्राउ वा मुद्दा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

गत वर्षको जुनमा क्यानडाको भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरेका थिए । निज्जरको हत्यापछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।

निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसमा भारतको संलग्नता रहेको आरोप लगाउँदै आफूसँग यथेष्ट प्रमाण रहेको बताउँदै आएका थिए । तर, भारतले उनको आरोपे अस्वीकार गर्दै आएको छ ।

प्रहरीले भारत सरकारसँगको सम्बन्धसहित अनुसन्धान जारी रहेको जनाएको छ ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : ४० बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा