मेसी र स्वरेज बिना इन्टर मियामी विजयी « Khabarhub

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध जित हासिल गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले चार्लोटलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेका थिए । 

यस खेलमा चार्लोटका लागो गोल गरेका पाट्रीकले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए । आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी र लुइस स्वरेज कोपा अमेरिका खेल्न टिम बाहिर रहेका बेला इन्टर मियामीले लगातार जित हासिल गरिरहेको छ ।

यो जित पछि इन्टर मियामीले मेजर लिग सकरको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४७ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै चार्लेटको भने २२ खेलमा ३२ अंक रहेको छ र लिगमा छैठौं स्थानमा छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : १७ बजे

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को