मेसी र स्वरेज बिना इन्टर मियामी विजयी « Khabarhub

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध जित हासिल गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले चार्लोटलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेका थिए । 

यस खेलमा चार्लोटका लागो गोल गरेका पाट्रीकले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए । आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी र लुइस स्वरेज कोपा अमेरिका खेल्न टिम बाहिर रहेका बेला इन्टर मियामीले लगातार जित हासिल गरिरहेको छ ।

यो जित पछि इन्टर मियामीले मेजर लिग सकरको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४७ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै चार्लेटको भने २२ खेलमा ३२ अंक रहेको छ र लिगमा छैठौं स्थानमा छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : १७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार