जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन « Khabarhub

जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ । 

प्रशासन कार्यालयमा सेवा लिन पुग्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै त्रिशूली अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

 उनको अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको छ ।

‘ज्येष्ठ नागरिकमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने र उहाँहरूले रोगले नच्यापेसम्म जाँच गराउन नजाने पाइएकाले प्रशासनको सेवासँगै निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालिएको छ ।’ उनले भने, ‘सामाजिक सुरक्षाभत्ता प्राप्तिको लागि राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको सङ्ख्या निकै बढेका छन् । यही मौकामा उनीहरूको प्राथमिक स्वास्थ्य उपचारसहित स्वास्थ्य परामर्श र थप उपचार आवश्यक पर्नेलाई त्रिशूली अस्पतालमा सिफारिस गर्न भनिएको छ ।’

जिल्ला प्रशासनको आग्रह र अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकको उपचार सेवा सञ्चालनमा ल्याइएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र लामाले जानकारी दिए। उनको अनुसार सहायता केन्द्रमा नर्स, स्वास्थ्य सहायक (एच ए), फार्मेसी तहका कर्मचारीबाट सेवा विस्तार गरिएको छ ।

आवश्यकताअनुसार माथिल्लो तहका स्वास्थ्यकर्मीसमेत उपलब्ध गराई सहायता केन्द्रको सेवालाई प्रभावकारी बनाउने लक्ष्य लिइएको मेसु डा लामाको भनाइ छ । 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : ४२ बजे

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा