गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश बाँकी « Khabarhub

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश बाँकी


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ सकिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै अब आदेश आउन मात्रै बाँकी छ ।

मंगलबार र बुधबार दुई दिनमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दामा बिहीबार जवाफी बहस सकिएसँगै अब आदेश हुने भएको हो ।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको मागसहित गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो। बुधबार पनि अधिवक्ताहरूले जबाफी बहस गरेपछि आदेश आउने भनिएको थियो । तर नसकिएपछि बिहीबारलाई हेर्दाहेर्दैमा राखिएको थियो ।

अधिवक्ता भट्टराईले दायर गरेको रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता दीनमणि पोखरेलको पत्र खारेज गर्नसमेत माग गरिएको थियो । 

यो रिटमा अधिवक्ता भट्टराईले रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ४ : ३२ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी