संविधानबाट समावेशिता हटाउने कुरा सोच्न पनि सकिन्न : महत « Khabarhub

संविधानबाट समावेशिता हटाउने कुरा सोच्न पनि सकिन्न : महत


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने ठोकुवा गरेका छन् ।

मङ्गलबार कोशी प्रदेशको राजधानी विराटनगरमा बीपी चिन्तन प्रतिष्ठान कोशी प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै प्रवक्ता महतले अहिले बनेको कांग्रेस–एमाले गठबन्धनले जनतालाई आशा जगाएको जिकिर गरे।

उनले संविधान संशोधन गर्दा संविधानबाट समावेशिता हटाउन खोजेको भन्ने कुरा गलत भएको र नेपाली कांग्रेस समावेशिताको पक्षमा लड्दै आएको पार्टी भएको स्पष्ट पारे । उनले कांग्रेसले संविधानबाट समावेशितालाई हटाउने कुरा सोच्न समेत नसक्ने बताए।

उनले भने, ‘समानुपातिक निर्वाचन प्रणाली हटाएर पनि समावेशिता सुनिश्चित गर्न सकिन्छ, विश्वका थुप्रै देशमा यस्तो प्रणाली अभ्यासमा छन्, अब हामीले पनि यो विकल्प सोच्नु पर्ने बेला भयो।’

प्रवक्ता महतले संविधान संशोधनको विषयमा अन्योन्य र गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै त्यतातिर सचेत रहन पनि सबैलाई आग्रह गरे।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ६ : ५० बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा