घाइते अवस्थामा वयस्क पोथी चितुवा फेला, उद्धारमा समस्या « Khabarhub

घाइते अवस्थामा वयस्क पोथी चितुवा फेला, उद्धारमा समस्या


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा नगरपालिका–१०, स्थित विरिञ्चोकमा आज पोथी चितुवा फेला परेको छ । विरिञ्चोक नजिकै खोल्सीमा वयस्क चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारीदिए ।

“हेर्दाखेरी वयस्क पोथी चितुवा खोल्सीमा बसिरहेको अवस्थामा फेला परेको हो”, उनले भने, “दिउँसोदेखि एक ठाउँबाट अर्को ठाउँमा हलचलसमेत नगरेकाले चितुवा घाइते अवस्थामा रहेको अनुमान गरिएको छ ।”

स्थानीयवासीले जानकारी दिएलगत्तै वन कार्यालयबाट एक टोली खटिएर चितुवाको निगरानी गरिरहेको उनले बताए । “दिनैभरि चितुवा यताउता गरेको छैन”, उनले भने, “मानिस जम्मा भएर हल्लाखल्ला गर्दा चितुवा नभागेको तर अनुहार हेर्दा बलियो र फूर्तिलो अवस्थामा देखिन्छ ।”

प्रमुख शालिण्यले चितुवा ठूलो भएकाले डार्ट नगरी नियन्त्रणमा लिनसक्ने अवस्था नरहेको बताए। “खोरमा पार्न मिल्छ कि भनेर पनि वन कार्यालयले खोर लिएर गएको थियो”, उनले भने, “घाइते हुनसक्ने भएकाले झनै हिंस्रक हुनसक्ने र एक ठाउँबाट अर्को ठाउँमा नसरेकाले त्यो पनि सम्भव भएन ।”

भोलि बिहानसम्म वन कार्यालयका कर्मचारीले चितुवाको निगरानी गर्ने र कहीँकतै नगए डार्ट झिकाएर उद्धार गर्ने तयारी गरिएको उनको भनाइ छ । “त्यतिकै छोड्दा जान्छ कि भनेर पनि पर्खिएका हौँ, प्रमुख शालिण्यले भने, ‘‘कतै गएन भने अन्य विकल्प सोच्नुपर्ला ।”

कार्यालयसँग चितुवा नियन्त्रणका लागि डार्ट गर्न आवश्यक व्यवस्था उपलब्ध नभएकाले समस्या भएको उनको भनाइ छ । चितुवाको निगरानीका लागि वन कार्यालयले तीन जना कर्मचारी परिचालन गरेको छ । स्थानीयवासीले केही दिनअघिदेखि घाइते अवस्थामा चितुवा हिँड्दै गरेकोसमेत देखेको बताएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : २४ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ