हमासका नेताहरुविरुद्ध अमेरिकाले दायर गर्‍यो मुद्धा « Khabarhub

हमासका नेताहरुविरुद्ध अमेरिकाले दायर गर्‍यो मुद्धा


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा हमासका नेता याह्या सिनवारलगायत धेरै प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ ।

अमेरिकी न्याय विभागले हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र र सामूहिक विनाशका हतियारको प्रयोगलगायत सातवटा आरोपमा अभियोग लगाइएको जनाएको छ ।

आपराधिक उजुरीले हमासद्वारा दशकौं कथित आक्रमणहरू, साथै एक वर्ष अघि दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमणहरू समावेश गरेको छ । अमेरिकी कानुन एजेन्सीहरूले अक्टोबर ७ का हमलाका लागि जिम्मेवार प्रमुख व्यक्तिहरूलाई जिम्मेवार ठहराउने यो पहिलो प्रयास हो ।

तर, अभियोगमा नाम दिइएको तीनजना इस्माइल हनिया, मारवान इसा र मोहम्मद जैफ भने विगत केही महिनामा हमलामा मारिएका छन् । सिनवार गाजाकै सुरुङमा लुकेर बसेको अनुमान गरिएको छ ।

अभियोगमा नाम दिइएको नेताहरूमा खालेद मशाल र अला बाराका छन्, जो गाजा र वेस्ट बैंक बाहिरका गतिविधिका लागि जिम्मेवार छन् । यी आरोपहरू यस वर्ष फेब्रुअरीमा लगाइएका थिए, तर अमेरिकाले उनीहरुको गिरफ्तारीको आशामा अहिलेसम्म मुद्दा चलाएको थिएन ।

यसैबीच अमेरिकाले गाजामा युद्धविरामका लागि प्रयासलाई तीब्र पार्दै दुवै पक्षलाई सम्झौताको प्रस्ताव स्वीकार गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : २८ बजे

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग 

काठमाडौं– बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग