स्पेनको बाढीग्रस्त क्षेत्रमा राजारानी र प्रधानमन्त्रीको विरोध, स्थानीयले हाने हिलोले « Khabarhub

स्पेनको बाढीग्रस्त क्षेत्रमा राजारानी र प्रधानमन्त्रीको विरोध, स्थानीयले हाने हिलोले


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनको भ्यालेन्सियामा आएको भिषण बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघिसकेको छ । अहिले बाढीटग्रस्त क्षेत्रमा जनस्तरबाट पनि राहत र उद्धार अभियान चलिरहेको छ ।

बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको त्यहाँका जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका थिए ।

जनताको विरोधपछि राजा फिलिप र रानी लेटिजियाले आफ्ना सबै भ्रमण स्थगित गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भ्यालेन्सियाको भ्रमणपछि राजा फिलिप र रानी लेटिजिया पश्चिममा रहेको चिभाको भ्रमण गर्ने कार्यक्रम थियो ।

यसअघि भ्यालेन्सियामा भएको प्रदर्शनपछि प्रहरीले चिभाको भ्रमणका क्रममा सडक अवरुद्ध गरेको थियो ।

भ्यालेन्सियामा राजा फिलिपविरुद्ध जनताको विरोधपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई पनि भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएको थियो ।

स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार नागरिकहरूले प्रधानमन्त्रीलाई ‘विरोध र आक्रमण’ गरेका थिए । केहीले उनलाई माटो र अन्य वस्तुहरूले हानेका थिए ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले त्यस क्षेत्रमा फेरि ठूलो वर्षा हुने चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ९ : ३७ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम