काठमाडौं महानगरपालिकाद्वारा तीन बालबालिकाको उद्धार « Khabarhub

काठमाडौं महानगरपालिकाद्वारा तीन बालबालिकाको उद्धार


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ । महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै सौतेनी बाबुबाट जबरजस्ती करणीमा परेको भनिएकी कक्षा ६ मा अध्ययनरत एक ११ वर्षीया बालिकाको उद्धार गरिएको हो ।

बालिकाको उद्धारपछि उनका ७ र ९ वर्षका दुई भाइहरूसमेत समेत घरमा एक्लै पर्ने भएकाले उनीहरूको पनि उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।

बालिका अध्ययन गर्ने विद्यालय काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिका र प्रहरी वृत्त बौद्ध समेतको टोलीले बालबालिकाको उद्धार गरेको हो ।

महानगरपालिकाबाट खटिएका समाजसेवी र बालमनोविज्ञ मार्फत बालिकाको परामर्श गरिएको थियो ।

बालिकाका सौतेनी बाबुलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरी हिरासतमा राखेको छ ।

महानगरपालिकासहितको अनुगमन टोलीले पेस गरेको अनुगमन प्रतिवेदनका आधारमा प्रहरीले बालिकाको थापाथली प्रसूति अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

बालिकासहित तीनैजना बालबालिकालाई अस्थायी संरक्षणका लागि पठाइयो महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १० : ३१ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले