चितवनमा दोस्रो दिन रविको बयान सुरू, आजै सक्ने प्रयास « Khabarhub

चितवनमा दोस्रो दिन रविको बयान सुरू, आजै सक्ने प्रयास


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान दोस्रो दिन चितवनमा सुरू भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान बिहा ९ बजेदेखि सुरु भएको हो ।

मंगलबार अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको भए पनि नसकिएको भन्दै आज पनि बयान लिइएको हो ।

सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने कास्की, रूपन्देही, काठमाडौं हुदैँ चितवनमा बयानका लागि हिजो लगिएको थियो ।

तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने माथी बिभिन्न सहकारीवाट रकम लगेको आरोप छ, सोही सिलसिलामा उनी झन्डै एक महिना देखी प्रहरी हिरासतमा रहेका छन् ।

गितेन्द्रबाबुर राई (जीबी) संलग्न चितवनस्थित साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । त्यही प्रकरणमा बयानका लागि उनलाई काठमाडौंबाट चितवन लगिएको हो ।

गत असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी नगरे पनि मंसिरमा हालिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जनाविरुद्ध सहकारीको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : १७ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य