देवघाटका पाँच गाउँमा विद्युत् सेवा विस्तार | Khabarhub Khabarhub

देवघाटका पाँच गाउँमा विद्युत् सेवा विस्तार


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको देवघाट गाउँपालिका-४ को पाँच गाउँमा विद्युत् सेवा विस्तार भएको छ । हालसम्म विद्युत् सेवाको पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापसडुडेबासपानीमा विद्युत् विस्तार भएको हो । 

भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ती गाउँका एक सय ३० घरमा बिजुली बलेको देवघाट-४ वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए । बिजुलीका लागि मिटरबक्स र प्राविधिक भने तनहुँको आँबुखैरेनी सवस्टेसनले उपलब्ध गराएका थियो । नेपाल विद्युत् प्राधिकरण आँबु उपवितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा ती घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार केही दिनभित्रै सोही वडाको चारघरेमा एक सय केभीएको ट्रान्सफर्मर जडान गरिनेछ । यसबाट पारलाझ्ग, चारघरे, साराङघाट, भुवनबस्तीअग्रीडाँडामा विद्युत् विस्तारका लागि सहयोग हुनेछ । हालसम्म टुकी र सोलारको भरमा उज्ज्यालोको सहारा लिँदै आएका स्थानीयवासी विद्युत् पुगेपछि खुसी भएका छन् । गत वर्षको स्थानीय तह निर्वाचन अगाडि आमडाँडा, गाईघाट, आइलिम, सिन्चाङ, खोडेमोहोरियादुईघरेमा मात्रै विद्युत् पुगेको थियो । 

करिब चार-पाँच वर्षअघि नै उक्त गाउँमा बिजुली जडानका लागि ठेक्का सम्झौता भए पनि ठेकेदारको लापर्वाहीको कारण बीचमा काम राखिएको थियो । उनले भने, ‘म वडामा निर्वाचित भएर आएपछि रोकिएको विद्युतीकरणको कामलाई अगाडि बढाउन पहल गरेको हुँ । त्यसैको प्रतिफलस्वरूप गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ ।’

उनका अनुसार यहाँ धेरै वर्ष पहिला बत्ती बल्नुपर्ने हो तर स्थानीय सरकारको उदासिनता र ठेकेदारको ढिलासुस्तीले कामले गति लिन सकेको थिएन । बिजुलीको अभावमा अहिलेसम्म वडा कार्यालय सिन्चाङमा स्वास्थ्यचौकीको भवनबाट सञ्चालन हुँदै आएकामा अब चाँडै काफलडाँडामा निर्मित आफ्नै भवनबाट सेवा प्रवाह गरिने उनले बताए । 

वडा कार्यालयको भवन निर्माण भइसकेको र त्यसमा बिजुली बत्ती पनि जडान भइसकेकाले अब चाँडै इन्टरनेटसमेत जडान गरेर उक्त भवनबाट सेवा सुरु गर्ने तयारी गरिएको छ । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : ०५ बजे

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन