नदीको विनाश होइन विकास गरौँ : मुख्यमन्त्री कार्की « Khabarhub

नदीको विनाश होइन विकास गरौँ : मुख्यमन्त्री कार्की


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीको विनाश नभई विकास गर्नुपर्ने बताएका छन् । केशलिया–बूढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विनाश मात्र नभई विकास गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले यस क्षेत्र भएर बग्ने केशलिया बूढीखोला नदीको सौन्दर्यकरण एवं विकासले यहाँका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए । करिडोर बनेसँगै बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र सेजमा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले धारणा राखे ।

मुख्यमन्त्री कार्कीले सरकारले समृद्धिको पाइला चाल्न जनताको पैसा सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको एक सय ३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिबद्धता जनाए ।

उनले परियोजना अन्तर्गतको नदीमा बाँध निर्माण तत्काल सुरु हुने घोषणा गरे । अध्ययन प्रतिवेदन निर्माणकर्ताद्वय महेन्द्र सुब्बा र प्रशान्त मल्लले दुहवी नगरपालिका, बूढीगङ्गा, बर्जु गाउँपालिका तथा विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु एक अर्ब ३२ करोड रहेको जानकारी दिए ।

आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनाका साथै खोलामा बाँध निर्माण र सौन्दर्यकरण गरिने उल्लेख गरिएको छ । मुख्यमन्त्री कार्कीलाई स्विस नियोगको सहयोगमा निर्माण गरिएको उक्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठलगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १ : १३ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा