'राष्ट्रघाती' सम्झौता रद्द गर्नुपर्छ : एकीकृत समाजवादी निकट युवा संघ | Khabarhub Khabarhub

‘राष्ट्रघाती’ सम्झौता रद्द गर्नुपर्छ : एकीकृत समाजवादी निकट युवा संघ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता ‘राष्ट्रघाती’ भएको भन्दै त्यस्तै सम्झौता रद्द गर्नुपर्ने माग गरेका छन् ।

संघका संयोजक कृष्ण विकले विज्ञप्ति जारी गर्दै यस्तो सम्झौताले नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाडसमेत भएको बताएका छन् ।

बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय‌ बैठकबाट भएको निर्णयमध्ये, नेपालको स्थानीय तहमा ‘उच्च प्रभावयूक्त सामुदायिक विकास योजना’ कार्यक्रमअन्तर्गत सोझै भारत सरकारले २० करोड रुपैयाँ दिन सक्नेगरी भएको सम्झौताले स्वाभिमानी, देशभक्त र स्वाधीन युवा एवम् समस्त नागरिकको ध्यानाकर्षण भएको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : १८ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ