भारतीय दूतावासले समानान्तर सरकार चलाउन खोज्यो : कमल थापा « Khabarhub

भारतीय दूतावासले समानान्तर सरकार चलाउन खोज्यो : कमल थापा


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदूतावासमार्फत सीधा २० करोडसम्म खर्च गर्नसक्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटनमा विगतमा ५ करोडसम्मका आयोजनाहरुमा सीधा खर्च गर्दै आएको भारतीय दूतावासले अहिले २० करोड खर्च गर्नुले नेपालमा समानान्तर सरकार चलाएजस्तो भएको टिप्पणी गरेका हुन् ।

उनले नेपाल सरकार मातहत भएर खर्च गर्नुपर्ने ठाउँमा भारतीय दूतावासले सीधा योजनामा खर्च गर्न पाउने व्यवस्थाप्रति राप्रपा नेपालले खेद प्रकट गरेको बताए ।

‘सीधा लगानी हेर्दा नेपालमा भारतले समनन्तर सरकार चलाएको झझल्को दिएको छ ।’ अध्यक्ष थापाले भने, ‘नेपाल सरकारमार्फत विकास तथा अन्य योजनाहरुमा भारतले काम गर्नुपर्छ ।’

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ३६ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक