आज २०८० साल चैत २३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २३ गते शुक्रबारको राशिफल


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २३ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल ५ तारिख। चैत कृष्ण पक्षको एकादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : अवसरले तपाईंलाई खोज्ने दिन छ। लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : नयाँ सवारी साधन जोड्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले भोज र भतेरमा ख्याल गर्नुपर्छ। परिवारको सहयोग मिल्नेछ।

मिथुन : लामो समयदेखि गुमेको धन हात लाग्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा जोखिम देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सचेत भएर काम गर्नुपर्ने दिन छ। कुरा काट्नेहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग सकारात्मक रहनेछ।

सिंह : नयाँ कामको सुरुवात हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परोपकारको अवसर मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ राम्रो रहनेछ।

कन्या : साथीले सहयोग गर्नेछन्। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। गुरुको साथ रहनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : मेहनतको फल प्राप्त हुने योग छ। आफूखुशी शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। वैदेशिक लगानीबाट नाफा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ। रोगको चपेटामा पर्ने योग रहेकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

वृश्चिक : यात्रामा सामान हराउने जोखिम हुनसक्छ। दाजुभाइ र इष्टमित्र भन्दा अन्य साथीले सहयोग गर्नेछन्। लगानीका क्षेत्रमा विवाद हुने भएकाले ठुलो खर्च नगर्नु राम्रो हुन्छ।

धनु : आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। लगानी गर्ने दिन आएको छ। स्वदेशमा रोजगारीको सम्भावना देखिन्छ। पारिवारको साथ, सहयोग र स्नेह राम्रो हुनेछ।

मकर : मन मिल्ने साथीको सुझाव मान्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। रोकिएको काम बन्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : व्यापार व्यवसायमा फाइदा हुनेछ। थोरै बोलेर जित्ने काम गर्नुपर्ने देखिन्छ। यात्रा सफल हुनेछ। मेहनतको फल खाने दिन छ।

मीन : अभिभावकको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। खर्च बढ्ने दिन छ। साथीले सहयोग गर्नेछन्। सामाजिक क्षेत्रमा सम्मान होला। परिवारको साथ र सहयोग रहने योग छ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : २१ बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा