निर्वाचन आयोगको छलफल आइतबारलाई सर्‍यो « Khabarhub

निर्वाचन आयोगको छलफल आइतबारलाई सर्‍यो


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले आज दिउँसो गर्ने भनिएको निर्वाचन आयोगसँगको छलफल दुई दिनपछि सरेको छ ।

प्रस्तावित निर्वाचन कानूनका विषयमा परामर्शका लागि आज दिउँसो मन्त्री लामिछाने आयोग जाने कार्यक्रम थियो ।

‘मन्त्रीज्यू समितिको काममा व्यस्त हुनुभएको खबर आयो’ निर्वाचन आयोग स्रोतले खबरहबसँग भन्यो,‘ आजको कार्यक्रम आइतबार बिहान ११ बजेका लागि सारिएको छ ।’

आइतबार आयोगमा गृहमन्त्री लामिछानेलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक र राजनीतिक दलसम्बन्धी ऐनका विषयमा प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।

यो पनि-

इलाममा ४२२ मतदाता थपिए

१९ दल साम्प्रदायिक ठहर : ६ पार्टीको नाम फेरियो, तमलोपा अदालतमा 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : ५७ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र