प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान « Khabarhub

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गरेका छन्  ।

मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को (क) बमोजिम पदबाट राजीनामा दिएकाले प्रदेश प्रमुखले धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई विसं २०८१ वैशाख २ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बिहीबार आह्वान गरिएको प्रदेशसभाको बैठकमा विश्वासको पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुखको निवासमा पुगेर पदबाट राजीनामा दिएका थिए ।

केन्द्रमा फेरिएको समीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो । मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिको संसदीय दलले समर्थन यथावत् राखे पनि सो पार्टीमा शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मतभेद चर्किएको थियो । फलस्वरुप सो पार्टीका प्रदेशसभा सदस्यहरू पक्ष र विपक्षमा विभाजित भएका थिए ।

मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।  प्रदेशसभाको अहिलेको गणितले नागरिक उन्मुक्ति पार्टी सरकार गठनमा निर्णायक देखिएको छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुखसहित ११, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा आगामी वैशाखमा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ५६ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य