शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भ्रष्ट्राचार गर्ने कोही छुट्दैनन् : प्रधानमन्त्री « Khabarhub

शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भ्रष्ट्राचार गर्ने कोही छुट्दैनन् : प्रधानमन्त्री


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘मैले गत साल नै भनेको थिएँ सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउने तरिका अब परम्परागत हुनेछैन, त्यसलाई नयाँ तरिकाबाट सामूहिक विवेकको प्रयोग गर्दै सबै सांसदको राय लिएर बजेट बनाउने प्रक्रिया सुरु भइसकेको छ ।’ अध्यादेशमार्फत पुरानै शैलीबाट बजेट ल्याउने परम्परा तोडिएको उनको भनाइ थियो  । अब आउने बजेट उत्पादकत्व र रोजगारी केन्द्रित रहने प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

‘दश/बीस लाखका साना बजेट पनि सङ्घीय सरकारले नै गर्ने परम्परा तोडिएको छ’, उनले भने, ‘तीन करोडभन्दा साना कुनै पनि आयोजना अब सङ्घीय सरकारले गर्ने छैन, साना आयोजना सबै प्रदेश र स्थानीय सरकारले गर्नेछन् ।’

प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकार फेरि नयाँ शिराबाट अगाडि बढेको बताए । ‘लघुवित्त पीडितको समस्या वार्ताको माध्यमबाट समाधान गरेर टुङ्ग्यायौँ’, प्रधानमन्त्री दाहालले भने, ‘मिटरब्याज पीडितहरूको पनि सडकमा  जटिल समस्या देखिएको थियो, त्यो पनि समाधान भएर गएको छ, सहकारीसम्बन्धी समस्या पनि नयाँ वर्गीकरणसहित समाधान गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।’

ललिता निवासको झण्डै एक सय ४२ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बाँसवारीको १० रोपनी पनि सरकारको नाममा आएको बताए । ‘यी सबै सुशासन र भ्रष्टाचारको विरुद्धमा भएका काम हुन्, भुटानी शरणार्थी प्रकरण पनि अर्को एउटा उदाहरण हो’, उनले भने, ‘वाइडबडी प्रकरणमा सरकारले चलाएको कदमले पनि भ्रष्टाचार गर्नेहरू कोही छुट्दैनन् भन्ने प्रमाणित भइसकेको छ ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास गर्न अन्तिम निर्देशन दिइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : १८ बजे

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै 

सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूले सभाको अपमान गरेको भन्दै