प्रदेश र स्थानीय तहको समन्वयले सङ्घीयता सवल हुन्छ : मुख्यमन्त्री यादव | Khabarhub Khabarhub

प्रदेश र स्थानीय तहको समन्वयले सङ्घीयता सवल हुन्छ : मुख्यमन्त्री यादव


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र सङ्घीयता सवल हुने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश र नेपाल कानुन समाजको संयुक्त आयोजनमा आज जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।

नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तहबीचको समन्वयलाई व्याख्या नगरी सङ्घीयतालाई नै कमजोर गर्ने काम गरेकाले सङ्घीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गर्नुको विकल्प नरहेको बताए ।

सङ्घीयता मधेसलाई नै चाहिएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले स्थानीय तह र प्रदेश सरकार एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । स्थानीय तहको परिषद् बैठकमा समेत प्रदेशसभा सदस्यहरूलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराइए स्थानीय तहलाई फाइदै हुने बताए ।

सङ्घीयताले मधेसको गाउँगाउँसम्म विकासको अनुभूति गराएको दाबी गर्दै मुख्यमन्त्री यादवले विगतका राजतन्त्रदेखि प्रजातन्त्रसम्म मधेसले भोगेको हविगत सबैसामु छर्लङ्ग रहेको बताएका छन् ।

कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेस सरकारबाट निर्माण भएको कानुन कार्यान्वयनको अवस्था र चुनौती तथा नेपाल कानुन समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखीसहितका वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा मधेस सरकारका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, मधेस प्रदेशसभाका सभासद, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ५० बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने