गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा | Khabarhub Khabarhub

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्र्ज बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजि गर्दै सातौं स्थानमा उक्लिएको छ।

गएराति आरसिबीको घरेलु मैदान बैंग्लोरुमा भएको खेलमा गुजरातले दिएको १४८ रनको लक्ष्य ३३ बल बाँकी हुँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो। आरसिबीले १३.४ बल खेल्दै १५२ रन बनाएको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको गुजरातका लागि एम शाहरुख खान ३७, राहुल तेवाटिया ३५, डेभिड मिलर ३०, राशिद खान १८ र विजय शंकर १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ओपनर ऋद्धिमान साह १ रनमा आउट हुँदा अर्का ओपनर सुभमन गिलले मात्र २ रन जोडे। उनीहरुले समान ७ बलको सामना गरेका थिए।

सुरुवाती ब्याट्म्यान सस्तैमा समेटिएपछि आरसिबीका बलर गुजरातमाथि हाबी भएका थिए। गुजरात १९.३ बलमा सबै विकेट गुमएर १४७ रनमा समेटिएको थियो।

गुजरातलाई सस्तैमा समेट्न गुजरातका लागि मोहम्मद सिराज, यस दयाल र विजयकुमार विषायकले दुईदुई विकेट हात पारे। क्यामरुन ग्रिन र कर्ण शर्माले एकएक विकेट लिए।

१४८ रनको मध्यम लक्ष्य पछ्याएको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए। उनले २३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका हुन्। ओपनर विराट कोहलीले २७ बलको सामना गर्दै ४२ रन जोडे। उसका लागि दिनेश कात्तिकले नटआउट २१ रन जोड्दा स्वप्निल सिंहलेसमेत नटआउट १५ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

गुजरातका लागि जोश लिटिलले एक्लै चार विकेट हात पारे भने नूर अहमदले दुई विकेट लिए। यो जितसँगै आरसिबी ८ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ भने गुजरात ६ अंकसहित नवौं स्थानमा झरेको छ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल पञ्जाब किंग्स र चेन्नाई सुपर किंग्सबिच दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेल साँझ ७:४५ बजे लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुँदैछ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ५७ बजे

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ