पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन « Khabarhub

पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

तनहुं पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो ।

किसानको मागअनुसार राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीलगायत डाँलेघाँसका साथै अन्य विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। यस वर्ष उत्पादन गरिएका ८५ हजारमध्ये ३० हजार बढी डाँलेघाँसका बिरुवा उत्पादन गरिएको छ । 

श्रेष्ठका अनुसार विभिन्न प्रजातिका करिब पैतिस हजार बिरुवा वितरण गरिसकिएको छ । 

गण्डकी प्रदेश सरकारबाट वार्षिक कार्यक्रमका लागि कम बजेट विनियोजन भएकाले बर्सेनि बिरुवा उत्पादन घट्दै गएको भन्दै यस वर्ष पनि गत वर्षको तुलनामा कम उत्पादन गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए। 

वनजंगलमा पशु चौपायका लागि चरन क्षेत्र ह्रास हुँदै गएकाले पशुपालक किसानलाई आहार व्यवस्थापनमा सहजता गराउने उद्देश्यले व्यावसायिक कृषि फार्मलाई घाँसका बिरुवा सहयोग गरिएको श्रेष्ठले बताए । नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन् ।

चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो । 

जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएपछि घाँसका बिरुवा उत्पादनमा जोड दिन थालिएको डिभिजन प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए। 

किसानको मागका आधारमा कार्यालयले प्रत्येक वर्ष डाँलेघाँसका बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना बनाएको छ ।  

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ११ : ५७ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९