‘नव्य नाचघर’ मा नाटक ‘प्रेमारम्भ’ मञ्‍चन (तस्बिरहरू) « Khabarhub

‘नव्य नाचघर’ मा नाटक ‘प्रेमारम्भ’ मञ्‍चन (तस्बिरहरू)


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंमा नयाँ ‘नव्य नाचघर’ सञ्चालनमा आएको छ । यसअघि स्टुडियो कत्थक, भरतनाट्यम् विधामा नृत्य शृङ्खला सञ्चालन गर्दै आएको एस्थेटिक डान्स स्टुडियोले सिनामंगलमा नव्य नाचघर सञ्चालनमा ल्याएको हो । 

नेपालमा नृत्य नाटक विधालाई विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले नव्य नाचघर सञ्चालनमा ल्याएको हो । शुक्रबारदेखि मञ्चन हुने ‘प्रेमारम्भ’ नृत्य नाटकसँगै उक्त नाचघर सञ्चालनमा ल्याइएको हो । 

संस्थापक एवम् निर्देशक नम्रता केसीले स्टुडियोमा ‘पर्फम’मात्रै गर्ने तर छुट्टै स्टेज नभएकोले यो नाचघर सञ्चालनमा ल्याएको बताइन्।

एस्थेटिक डान्स स्टुडियोसँग हाल करिब २५० जना विद्यार्थी संलग्न छन्। प्रशिक्षक पनि १० जना भन्दा बढी छन्।

आजदेखि हरेक शुक्रबार र शनिबार नाचघरमा मञ्चन हुने प्रेमारम्भमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई दर्शाउन खोजिएको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १२ : ५५ बजे

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली