फ्रान्स र पोर्चुगल भिड्दै, रोनाल्डो र एम्बाप्पेमा कसले मार्ला बाजी ? « Khabarhub

फ्रान्स र पोर्चुगल भिड्दै, रोनाल्डो र एम्बाप्पेमा कसले मार्ला बाजी ?


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार राति पूर्वविजेता फ्रान्स र पोर्चुगल आमनेसामने हुँदैछन् ।

यो क्वार्टरफाइनल भिडन्त जर्मनीको भोक्सपार्क रंगशालामा नेपाली समयअनुसार राति पौने १ बजे हुने छ ।

खेलप्रेमीले यी दुई देशको भिडन्तलाई क्रिस्टियानो रोनाल्डो र किलियन एम्बाप्पेको प्रतिस्पर्धाका रुपमा पनि लिएका छन् ।

विश्वविजेतासमेत रहेको फ्रान्सले सन् १९८४ र २००० मा युरोकप जितेको थियो । पोर्चुगलले सन् २०१६ मा फ्रान्सलाई नै पराजित गरेर यो उपाधि उचालेको थियो ।

तर जारी युरोकपमा फ्रान्सलेको प्रदर्शन उत्कृष्ट छैन । पोर्चुगलको पनि प्रदर्शन औसत छ । फ्रान्सेली कप्तान किलियन एम्बाप्पे पनि यो युरोकपमा लयमा देखिएका छैनन् ।

उनले अहिलेसम्म यो प्रतियोगितामा केबल एक गोल पेनाल्टीबाट गरेका छन् । उता पोर्चुगलका प्रमुख स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पनि प्रदर्शन बिर्सनलायक छ।

देशका लागि आफ्नो फुटबल करिअरमा अन्तिम ठूलो प्रतियोगिता खेलिरहेका उनले पनि गतिलो प्रदर्शन गर्न नसक्दा आलोचना खेपिरहेका छन् । अहिलेसम्म उनी गोल गर्नबाट चुकेका छन् । अहिलेसम्म उनले पेनाल्टी अवसरमा पनि गोल गर्न चुक्दा मैदानमै रोएका थिए ।

एम्बाप्पे नचले पनि फ्रान्सका एन्टोइन ग्रिजम्यान, एन्गोलो कान्टे र जुलेस कुन्डे जस्ता नाम चलेका खेलाडी छन् । यसअघि फ्रान्सले अन्तिम १६ को भिडन्तमा बलियो प्रतिस्पर्धी बेल्जियमलाई हराएको थियो ।

उता पोर्चुगलको टोलीमा पनि प्रभावशाली खेलाडी छन् । बेर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जोआओ कान्सेलो र रुविन डियास उत्कृष्ट खेलाडीले पोर्चुगलको टोली भरिएको छ । पोर्चुगलले अन्तिम १६ मा पेनाल्टी सुटआउटमा हराएको थियो।

पोर्चुगल र फ्रान्स अहिलेसम्म २८ खेलमा भिडिसकेका छन् । तीमध्ये फ्रान्सले १९ वटामा जित निकाल्दा पोर्चुगलको पक्षमा ६ वटा मात्रै नतिजा परेको छ । जसमध्ये तीन खेलमा बराबरी भएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ४९ बजे

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

 काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सुन्तलामा रोग लागेपिछ लेखबहादुर भन्छन् – कृषकलाई मौसमले ठग्दो रहेछ

दमौली– ‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट हुन

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ