फ्रान्स र पोर्चुगल भिड्दै, रोनाल्डो र एम्बाप्पेमा कसले मार्ला बाजी ? « Khabarhub

फ्रान्स र पोर्चुगल भिड्दै, रोनाल्डो र एम्बाप्पेमा कसले मार्ला बाजी ?


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार राति पूर्वविजेता फ्रान्स र पोर्चुगल आमनेसामने हुँदैछन् ।

यो क्वार्टरफाइनल भिडन्त जर्मनीको भोक्सपार्क रंगशालामा नेपाली समयअनुसार राति पौने १ बजे हुने छ ।

खेलप्रेमीले यी दुई देशको भिडन्तलाई क्रिस्टियानो रोनाल्डो र किलियन एम्बाप्पेको प्रतिस्पर्धाका रुपमा पनि लिएका छन् ।

विश्वविजेतासमेत रहेको फ्रान्सले सन् १९८४ र २००० मा युरोकप जितेको थियो । पोर्चुगलले सन् २०१६ मा फ्रान्सलाई नै पराजित गरेर यो उपाधि उचालेको थियो ।

तर जारी युरोकपमा फ्रान्सलेको प्रदर्शन उत्कृष्ट छैन । पोर्चुगलको पनि प्रदर्शन औसत छ । फ्रान्सेली कप्तान किलियन एम्बाप्पे पनि यो युरोकपमा लयमा देखिएका छैनन् ।

उनले अहिलेसम्म यो प्रतियोगितामा केबल एक गोल पेनाल्टीबाट गरेका छन् । उता पोर्चुगलका प्रमुख स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पनि प्रदर्शन बिर्सनलायक छ।

देशका लागि आफ्नो फुटबल करिअरमा अन्तिम ठूलो प्रतियोगिता खेलिरहेका उनले पनि गतिलो प्रदर्शन गर्न नसक्दा आलोचना खेपिरहेका छन् । अहिलेसम्म उनी गोल गर्नबाट चुकेका छन् । अहिलेसम्म उनले पेनाल्टी अवसरमा पनि गोल गर्न चुक्दा मैदानमै रोएका थिए ।

एम्बाप्पे नचले पनि फ्रान्सका एन्टोइन ग्रिजम्यान, एन्गोलो कान्टे र जुलेस कुन्डे जस्ता नाम चलेका खेलाडी छन् । यसअघि फ्रान्सले अन्तिम १६ को भिडन्तमा बलियो प्रतिस्पर्धी बेल्जियमलाई हराएको थियो ।

उता पोर्चुगलको टोलीमा पनि प्रभावशाली खेलाडी छन् । बेर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जोआओ कान्सेलो र रुविन डियास उत्कृष्ट खेलाडीले पोर्चुगलको टोली भरिएको छ । पोर्चुगलले अन्तिम १६ मा पेनाल्टी सुटआउटमा हराएको थियो।

पोर्चुगल र फ्रान्स अहिलेसम्म २८ खेलमा भिडिसकेका छन् । तीमध्ये फ्रान्सले १९ वटामा जित निकाल्दा पोर्चुगलको पक्षमा ६ वटा मात्रै नतिजा परेको छ । जसमध्ये तीन खेलमा बराबरी भएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ४९ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता