टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी « Khabarhub

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा सरेको छ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि हनुमान ढोकाबाट टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ्ग लिमिटेड हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालयको परिसरमा बसेको प्रहरी परिसर शनिबार भद्रकालीस्थित आधुनिक नयाँ भवनमा सर्न लागेको हो ।

अबदेखि भद्रकालीस्थित जग्गामा भवन निर्माण पूरा भएपछि शनिबार स्थानान्तरण हुने भएको हो । शनिबार सरेपछि आइतबारदेखि त्यहीँबाट काठमाडौं प्रहरीले काम थाल्नेछ ।

आफ्नै भवन नहुँदा काठमाडौं प्रहरी निगमको पुरानो भवनमा बस्दै आएको थियो । परिसरमा कार्यरत प्रहरीहरू लामो समय त्रिपालमुनि बसेका थिए ।

पुरानो भवनमा बस्दा कष्टपूर्ण रुपमा कार्यालय सञ्चाल गरेको परिसरका लागि सरकारले आधुनिक नयाँ भवन बनाइदिएको हो ।

कृषि विकास बैंकको पछाडि १५ रोपनी जग्गामा परिसरको भवन बनेको हो । आठतले यो भवन ८० करोड रुपैयाँमा तयार भएको हो । यो भवनसहितका संरचना ६ रोपनी क्षेत्रफलमा छन् ।

यो भवनमा लिफ्ट सुविधा पनि छ । यस भवनको नेपाल प्रहरीका प्रमुख प्रमुख वसन्त कुँवरले उद्घाटन गर्दैछन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले आइतबारबाटै यो भवनबाट काम थालिने बताए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : १७ बजे

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक