कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै « Khabarhub

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले गत शनिबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेपछि यही साउन ७ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

४० सदस्यीय प्रदेशसभामा विश्वासका लागि २१ मत आवश्यक पर्दछ । प्रदेशसभामा सत्तारुढ कांग्रेसका १४ र एमालेका १० सांसद रहेका छन् । यस्तै, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपाका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : ०३ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न