बन्दुक नवीकरण गर्न नदिएको भन्दै राप्रपा सांसदको आपत्ति « Khabarhub

बन्दुक नवीकरण गर्न नदिएको भन्दै राप्रपा सांसदको आपत्ति


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुबबहादुर प्रधानले हतियार नवीकरण गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले विगत ३५ वर्षदेखि आफूसँग रहेको हतियार सरकारले नवीकरण गर्न नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘३५ वर्षदेखि मैले आफ्नै हतियार नवीकरण गरिरहेको अवस्था हो । अहिले प्वाइन्ट टु–टु बोर राइफल लेखिएको कारणले त्यो हतियार रिन्यु नगर्ने अवस्था आयो,’ सांसद प्रधानले भने, ‘यो समस्या मेरोमात्रै होइन, देशभरको हो । यो दुर्गा प्रसाईंको हतियार बरामद पछाडिको घटनाबाट सिर्जित कुरा हो वा के हो यसको जानकारी त मलाई छैन ।’

प्रधानले इजाजत प्राप्त हतियारको नवीकरण नगर्ने हो भने सरकारले ‘सिज’ गरेर हतियारधनीको लागेको खर्च व्यहोर्नु पर्ने पनि बताए ।

‘या त सरकारले राख्न नपाइने हो भने सिज गरेर लिए हुन्छ । त्यसको परल मूल्य फिर्ता गरिदिए हुन्छ,’ सांसद प्रधानले भने, ‘अन्यथा यसलाई सुव्यवस्था गर्नको लागि नवीकरणको प्रावधान लागु गर्नुपर्छ ।’

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : १२ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको